• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भिआइपी ठगको कथा : फोर्ड गाडी चढेर करोडौं ठगी र बलात्कार

64x64
नेपाल लाइभ शुक्रबार, चैत १५, २०७५  १९:१०
1140x725

नारायण अधिकारी


काठमाडौं- केही दिनअघि एक युवती जिल्ला प्रहरी कार्यालय दाङ पुगिन्। प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समक्ष घटनाको बेलिबिस्तार लगाइन्। अन्ततः जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि पाण्डेबाट छुटिन्। ती युवतीले किटानी जाहेरी दिएका व्यक्तिको परिचय भने यस्तो छः-

नामः- महेश भनिने भुवन धिताल
ठेगानाः- उरही-८ बेलानगर, दाङ
पेशाः- पत्रकार, ठुला व्यापारी

प्रहरीले आरोपित धितालमाथि अनुसन्धान सुरु गर्न थाल्यो। त्यसको केही दिनमा पुनः अर्की एक युवती पनि त्यसै गरी जिल्ला प्रहरी कार्यालय दाङ पुगिन्। उनले दिएको किटानी जाहेरी पनि बलात्कारकै थियो। यी युवतीले किटानी जाहेरी दिएका व्यक्ति पनि उनै भुवन धिताल थिए।

अनुसन्धानमा खटिएको प्रहरी आफैं अचम्ममा पर्‍यो। तर अनुसन्धान अघि बढाउन उसले ढिला गरेन। ‘केही दिनकै फरकमा एकै जना विरुद्ध दुई जनाको एकै प्रकृतिको किटानी जाहेरी आएपछि हामीले यो केसलाई 'सिरियस' रुपमा लिएर अनुस्न्धान सुरु गरेका थियौं,’ एसपी पोण्डेले नेपाल लाइभसमक्ष भने। 

अझ अचम्मको कुरा तीनै धिताल विरुद्ध पुनः अर्की एक युवतीले किटानी जाहेरी गरिन्। मुद्दा पुरानै, अर्थात् बलात्कारविरुद्ध कै थियो। एकै व्यक्ति विरुद्ध तीन युवतीको किटानी जाहेरी। त्यो पनि तीनै जनामाथि बलात्कार गरेको आरोप। प्रहरीलाई आश्चर्यमा पार्ने यस्ता छटना विरलै हुने गर्छन्। 

अनुसन्धानकै क्रममा धितालविरुद्ध अरु पनि किटानी जाहेरी थपिँदै गए। ५ जना व्यक्तिले ठगी गरेको भन्दै सामूहिक उजुरी दिए। प्रहरीको अनुसन्धानको दायरा थप फराकिलो बनाउन थाल्यो।

अनुसन्धानकै क्रममा बलात्कार र ठगी आरोप लागेका धिताल बाँके र दाङ जिल्लाको सीमानाबाट बुधबार पक्राउ परेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ धिताल विरुद्ध ठगी र बलात्कार आरोपको भित्रीकथा
धितालको ठगी र बलात्कार निशानामा ती व्यक्ति पर्थे, जो कम शैक्षिक योग्यता भएका, एकल महिला, श्रीमान् विदेशमा भएका महिला। यस्ता व्यक्ति जम्मा पारेर उनले समूह बनाए। समूह बनाउनुका पछाडि धिताल एउटै मात्र उदेश्य थियो, ठग्नु। त्यसपछि उनले समाजसेवी जस्तो भएर महिलालाई भनेका थिए, ‘अब यो समूहले पैसा उठाउने र लगानी गर्ने हो भने राम्रो कमाइ हुन्छ। महिलाहरु पनि सशक्त हुनुपर्छ,’ धितालका कुरामा ती महिलाले पनि विश्वास गरे। 

यसरी उठाएको रकम धितालले आफैं राख्न र ढुकुटी खेलाउन सुरु गरे। केही रकम लगानी पनि गरे। त्यसपछि खाली चेकमा हस्ताक्षर गर्न लगाएर उनले धेरै महिलाबाट हस्ताक्षर गरिएको चेक आफ्नो हातमा पारे।

हस्ताक्षर भएका ती चेकमा आफैंले रकम र मिति लेखेर चेक साटे। खातामा रकम नहुनेको चेक बाउन्स गराए। ‘रकम फिर्ता गर्। नत्र प्रहरीलाई भनेर पक्राउ गर्न लगाउँछु। म पत्रकार पनि हुँ। पत्रिकामा लेखेर बेइज्जत गर्छु,' उनले ती महिलालाई धम्की दिने क्रम जारी राखे, 'विदेशमा भएको तेरो श्रीमान्‍ले पत्रिका पढेपछि तेरो हालत के हुन्छ?’ 

धम्कीकै भरमा धितालले ३६ प्रतिशतसम्म ब्याज असुले। यो काममा उनलाई पूर्ण रुपमा सफलता मिलिसकेको थियो। यति गर्दासम्म कोही पनि महिलालाई आफूहरू ठगिँदै गरेको शंकासम्म गरेनन्। 

Xtrem

Xtrem

पैसा असुल गरिएका र पैसा उठ्न समेत बाँकी भएका महिलालाई विभिन्न प्रलोभन देखाई ब्याल्कमेलिङ गर्ने क्रम जारी राखे।  

उनले बलात्कारसम्म गर्न भ्याएको एसपी पाण्डेले बताए। ‘पीडित महिलालाई कतै उजुरी गरे राम्रो हुँदैन भन्दै धम्क्याउने गर्दै शारीरिक शोषण गरेको समेत देखियो,’ एसपी पाण्डे बताउँछन्, ‘अति भएपछि पीडित महिलाले उजुरी दिएपछि हामीले पक्राउ गरेका हौं।’

काठमाडौं भाग्न लागेको बेला उनलाई प्रहरीले दाङ र बाँकेको सिमानाबाट पक्राउ गरेको हो।

उनको ठगीबाट शिकार भएका अधिकांश महिला छन्। पक्राउ गरिसकेपछि पीडितको संख्या बढ्न थालेको प्रहरीले जनाएको छ। केहीले फोन गर्दै आफू पनि धितालबाट पीडित भएको र उजुरी दिन आउन लागेको बताएको दाङ प्रहरीले जानएको छ। पक्राउ परेका उनलाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

करोडौं ठगी, करोडौंका चेकदेखि फोर्ड गाडीसम्म बरामद
प्रहरीले धितालका साथबाट करौडौं रुपैयाँ भरिएका चेकदेखि फोर्ड गाडीसम्म बरामद गरेको छ। उनको साथबाट ८२ थान खाली चेक बरामद भएको छ। जसमा १ करोड ३९ लाख रुपैयाँ बराबरको लेखिएको छ भने २ थान खाली चेक छन्।

पैसा दिएको उल्लेख गरिएका ३२ थान तमसुक भेटिएका छन्। तमसुकमा १ करोड ४४ लाख लिन बाँकी रहेको उल्लेख छ। ४ वटा भने खाली तमसुक छन्। 

प्रहरीले धितालका साथबाट पत्रकार परिचय पत्र १ थान, २ थान मोबाइल, नगद १८ हजार ५ सय, सुनका औंठी २ थान, सुनको ब्रास्लेट १ थान, बरामद गरेको छ। त्यसैगरी बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी, भे ८ प ३९५५ नम्बरको होन्डा स्कुटर र १ थान घडी प्रहरीले बरामद गरेको छ।

तर उनी नक्कली पत्रकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

यस्तो छ धितालको पृष्ठभूमि
वि.सं.२०३५ जेठ १ गते उरहरी–८ बेलगनार, दाङमा जन्मेका धितालले एसएलसी पास भएपछि २०६० साल बैशाखमा वैदेशिक रोजगारको लागि मलेसिया गए। त्यहाँ ३ वर्ष कामकाज गरी २०६३ सालमा घर फर्किए। त्यसपछि ३ वर्षसम्म घरमै बसेर खेतीपाती सुरु गरे।

२०६६ सालमा फेरि वैदेशिक रोजगारी लागि दुबई हानिए। २ वर्ष २ महिना दुबईमा काम गरेपछि २०६८ सालमा उनी स्वदेश फर्किए। त्यसपछि साविक घोराही नगरपालिका-१५ दीपशिखा रोडमा ३ वर्षसम्म होटल सञ्चालन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घोराहीमा इन्द्रेणी टोलको रोड साइडमा रहेको टिनको १ तले घरमा होटल सारेर ८ महिनासम्म त्यहाँ होटल चलाए। 

त्यसपछि सो होटल २०७२ सालमा बन्द गरे। त्यसपछि उनले ठगी धन्दा र बलात्कार सुरु गरेको एसपी पाण्डेको भनाइ छ। कहिलेकाँही जग्गा दलालको काम पनि गरे। केही व्यक्तिलाई रकम ऋणमा दिए र ३६ दशमलव ५ प्रतिशतसम्म ब्याज असुल्न थाले। ढुकुटी खेलाउन थाले। बिस्तारै ठगी र बलात्कार जस्तो जघन्य अपराध मच्चाउन थाले। अन्तत: प्रहरीको फन्दामा परे।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्