काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह, नेपाल भर्जिन ल्यान्ड भएकाले सबै क्षेत्रमा नाफा हुने आश्वासन
२) हृदयाघात भएका वृद्धलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ, बिरामीको बाटोमै मृत्यु
३) प्रदेश २ मा एसइईको प्रश्नपत्र लगातार बाहिरिन थालेपछि छानबिन सुरु, सबै प्रश्नपत्र बाहिरिएको आशंका
४) बार्सिलोनाको उत्कृष्ट गोलमा मेसीका गोल शीर्ष तीनमा, सन् २००६ र ०७ को सिजनमा गेटाफेविरुद्धको गोल इतिहासकै उत्कृष्ट
५) र, भेनेजुएलाका विपक्षी नेता गुवाइदोलाई १५ वर्षको प्रतिबन्ध, १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक, गुआइदोले गरे अस्वीकार
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।