काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले 'वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५' नेपालमा लगानी भित्र्याउने सबैभन्दा महत्वपूर्ण कडी भएको बताएका छन्।
‘लगानीमैत्री वातावरण निर्माणका लागि हामीले केही गर्नुपर्छ,' मन्त्री यादवले भने, ‘सरकारले गरिरहेको पनि छ। हामीले गरेका काममा हामीलाई राम्रोसँग जानकारी पनि छ।’
'लगानी सम्मेलन २०७५' अन्तर्गत सुरु भएको विषयगत छलफलमा मन्त्री यादवले (कुल ग्रार्हस्थ उत्पादन) जिडिपीमा वृद्धि गर्न औद्योगिक विकासको आवश्यकता रहेको बताएका छन्।
‘त्यसैका लागि हामीले विभिन्न क्षेत्रमा औद्योगिक ग्राम र आर्थिक क्षेत्रको निर्माण गरेका छौं,' उनले भने, 'नेपालले पछिल्लो सयम वैदेशिक लगानी कै लागि भनेर विभिन्न ऐन कानुनमा संशोधन गरेको छ।'
'सुड नट गो हेअर एण्ड दियर'
एकल बिन्दु सेवा सुरु भएपछि विदेशी लगानीकर्तालाई यताउता भौतारीरहनुपर्ने अवस्थाको अन्त्य भएको यादवले बताए।
‘तपाईंले यता र उता भौतारिरहनु पर्दैन। हामीले अनलाइन भुक्तानी सेवालाई सुरु गरेर कारोबारलाई थप सहज बनाएका छौं। हाम्रो डुइङ बिजनेस इन्डेस्क कमजोर होइन। हाम्रो माइण्ड सेट नै यस्तै छ।
'इफ फिट्टा कम एभ्रिथिङ लस'
'जब वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन आयो त्यसपछि थाहा भयो कि फिट्टा के हो भनेर। सुखी नेपाली समृद्ध नेपाल नारा पूरा गर्न हामी जे गर्नका लागि पनि तयार छौं’, मन्त्री यादवले भने, ‘लक्ष्य हासिल गर्नकै लागि हामी तपाईहरूमार्फत लगानीको अपेक्षा गर्दछौं।’
सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई नेपालको नियममा रहेर सहयोग गरिदिन मन्त्री यादवले आग्रह गरेका छन्।
‘म यति भन्न चाहन्छु कि नेपालका हरेका क्षेत्रमा असीमित लगानीको सम्भावना छ। तपाईं जे गर्न चाहनुहुन्छ गर्नुस् तर हाम्रो कानुनभित्र रहेर गर्नुहोस्’, मन्त्री यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।