काठमाडौं- एसइई परीक्षा रद्द भएपछि छलफलमा सहभागी एक परीक्षार्थीलाई प्रहरीले निर्घात कुटपिट गरेका छन्।
लगातार प्रश्नपत्र आउट भएपछि आक्रोशित परीक्षार्थीहरुले प्रदर्शन गरेका थिए। नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि विरोधमा सहभागी आशुतोष विकलाई प्रहरीले कुटेको हो। विरोध गर्नेमध्ये विकसहित पाँच जनासँग प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले छलफल गरेका थिए।
प्रमुख जिल्ला अधिकारीसँग छलफल सकेर घर फर्किंदै गर्दा विकलाई चार जना प्रहरीले घेरा हालेर सलहेश मार्गमा कुटपिट गरेका हुन्। तथानाम गाली गर्दै प्रहरीले आफूलाई कुटपिट गरेको उनको भनाइ छ। बायाँ हातमा प्रहरीले लाठीले हिर्काएको उनको भनाइ छ।
'यस विषयमा प्रशासनले छानबिन थाल्नुपर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।