काठमाडौं- जिल्ला वन कार्यलय माेरङका सहायक वन अधिकृत सलाउदिन अन्सारी घुससहित पक्राउ परेका छन्।
नगद ३५ हजार घुससहित अन्सारी जिल्ला वन कार्यलय माेरङकाे विराटनगर कार्यलय परिसरबाटै पक्राउ परेका हुन्। इटहरीका डिएसपी डिल्लीनारायण पण्डे नेतृत्वको टाेलीले उनलाई पक्राउ गरेकाे हाे।
उनीमाथी थप अनुसन्धान भइरहेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।