काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा यतिबेला एउटा ‘लघु कोर्ष’को विद्यार्थीका नाताले अमेरिकामा छन्।
अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ विषयमा अध्ययन गरिरहेका नेता गगनबारे नेपालस्थित अमेरिकी दूतावासले तस्बिर र केही जानकारी संप्रेषण गरेको छ।
अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा गगनले अध्ययन प्रक्रियामा सहभागी भएको तस्बिर राखेर लेखेको छ, ‘हेर्नुस् त कक्षामा को छ ? उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु। एकदम रमाइलो लागेको छ । वी वीस हिम एन ए प्लस टाइम। हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।