काठमाडौं– नेपाली फिल्म उद्योगकी सफल अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले यसै वर्षबाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी छन्। उनै सुहानाको अभिनय रहको फिल्म ‘ए मेरो हजुर–३’ को ट्रेलर सार्वजनिक भएको छ।
फिल्ममा सुहानाका साथ अभिनेता अनमोल केसी देखिएका छन्।
सांगीतिक प्रेम कथामा बनेको फिल्मको ट्रेलरमा अनमोल एक स्टार गायकका रुपमा स्थापित देखिएका छन् भने सुहाना उनै स्टारकी डाइहार्ड फ्यान।
फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्। फिल्म झरनाकै श्रीमान् सुनिलकुमार थापाको निर्माणमा बनेको हो।
फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रक्षा गौतम, सरोज खनाल, रुपा घिसिङ, रेअर राई, अर्पण थापा, रविन्द्र झा लगायतको अभिनय रहेको छ। फिल्मलाई झरना थापा र सुमन पौडेलले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।