काठमाडौं– फिल्म साइँलीले बिहीबार साँझ प्रिमियर शो सम्पन्न गरेको छ। प्रिमियरमा नेपाली कलाक्षेत्रमा जोडिएका कलाकारहरुको भीड नै लागेको थियो।
काठमाडौंको जयनेपाल हलमा देखाइएको उक्त शो हेर्नका लागि नेपाली कला क्षेत्रका अग्रज कलाकारहरु सुनिल थापा, टीका पहारी, सरोज खनाल, अनुप बराल हाँस्य कलाकारहरु सीताराम कट्टेल, कुञ्जना घिमिरे, गायिका इन्दिरा जोशी, कालिप्रसाद बासकोटा, न्हुँ बज्राचार्य लगायतका कलाकर्मीको उपस्थिति रहको थियो।

रामबाबु गुरुङको लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।

विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्ममा संगीत कालीप्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ। फिल्मको गायन पनि हेमन्त राणा, कालिप्रसाद बाँस्कोटा र सुशान्त गौतमकै रहेको छ। छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको रहेको छ ।

फिल्म साइँली आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।