डडेल्धुरा– माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर डडेल्धुरामा एक युवतीको मृत्यु भएको छ।
मुत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
बिहीबार घर लिपपोत गर्नको लागि रातोमाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी कृष्णालाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
माटो खन्नको लागि गाउँका अन्य महिलाहरु पनि गएको तर उनीहरु टाढा रहकाले अरुलाई कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।