डडेल्धुरा- किशोरीमाथि बलात्कार गरेको आरोपमा डडेल्धुराको परशुराम नगरपालिका–४ कटालबाट एक जना पक्राउ परेका छन्।
पीडित पक्षको उजुरीका आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ३१ वर्षीय जयबहादुर नगारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
१६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए।
फागुन ९ गते घरबाट बेपत्ता भएको भन्दै परिवारले हालेको उजुरीको आधारमा उनको खोजी कार्य जारी रहे पनि चैत १३ गते पीडित किशोरी आफैँले इलाका प्रहरी कार्यालय जोगबुडामा पुगी नगारीविरुद्ध उजुरी दर्ता गराएकी थिइन्।
गाडीचालक समेत रहेका आरोपित नगारीलाई इप्रका जोगबुडामा राखी थप अनुसन्धान भइरहेको छ। शुक्रबार आज उनलाई जिप्रका डडेल्धुरा पठाइने र थप अनुसन्धान गरी सोही अनुरूप कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।