काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ।
महासमिति सदस्य राजेन्द्र बजगाईंले देउवाविरुद्ध नवगठित अनुशासन समितिमा बिहीबार उजुरी दिएका हुन्।
बजगाईंले सभापतिले सरकार निर्माण र विघटनमा लोकतान्त्रिक प्रक्रियाको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्।
अनुशासन समितिले उजुरीको लागि चैत मसान्तसम्मको म्याद दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।