काठमाडौं– डा विक्रान्त मेहताको स्वरमा नयाँ गीत 'नक्कले मोरा' युट्युब मार्फत् सार्वजनिक भएको छ।
पेशाले चिकित्स डा मेहता गायन र मोडलिङमा पनि उत्तिकै सक्रिय छन्।
लोक शैलीको गीतमा गायिका मेलिना राईको समेत स्वर रहेको छ। दीपक शर्माको शब्दसंगीत रहेको गीतमा साहस शाक्यले संगीत संयोजन गरेका हुन्।
गीतको म्युजिक भिडियोमा गायक मेहतासँगै चर्चित मोडल एलिशा राईले अभिनय गरेकी छन्।
म्युजिक भिडियो निर्देशन शान थापाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।