धनुषा- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेसले नै जन्माएको बताएका छन्।
धनुषाको सहिद नगर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए।
उनले वर्तमान सरकार र मधेसवादी दल मधेसविरोधी भएको उनको आरोप थियो। 'सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको छ। अहिले समृद्ध मधेस बनाउन पानीजहाज होइन सिँचाइको आवश्यकता छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।