जनकपुर– गाई तस्कर गर्ने बालकसहित ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२५ का २४ वर्षीय अख्तर नदाफ, सोही स्थानका १८ वर्षीय असगर अली र ११ वर्षीय सफिर साह रहेका छन्।
नेपालबाट भारततर्फ लैँजादै गरेको अवस्थामा नगराइन नगरपालिका–७ बाट ३ जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ।
उनीहरूले २ वटा गाई र गाईको २ वटा बाच्छा नेपालबाट भारततर्फ लैँजादै गरेको अवस्थामा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी डेवडिया धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यसैगरी सोही टोलीले जनकपुर उपमहानगर पालिका–८ स्थित खिरखिरिया टोलबाट अवैध रुपमा भारततर्फ लैजान राखिएका १० वटा गाईसमेत बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।