काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले स्थापनाको २२औं वर्षगाँठका अवसरमा ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७५’ वितरण गर्ने भएको भएको छ।
आगामी बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसमा विभिन्न कार्यक्रमका साथै समारोह आयोजना गर्न लागिएको एनएफपीजेले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
विभिन्न १५ विधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र प्रदान गर्ने अग्रज फोटोपत्रकारलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक प्रदीपराज वन्तले बताए।
यस्ता छन् अवार्डका विधा
१) लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५
लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ। यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगतलामो समयदेखि सक्रिय रुपमाक्रियाशीलफोटो पत्रकार तथा लामो समय फोटोपत्रकारीतागरि हालनिवृत्त हुनु भएका हाम्रागुरुहरुहरु मध्येबाट एकजनालाई प्रदान गरिनेछ। यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ।
२) दैनिकजीवन फोटोपत्रकारिता विधा
समाजको दैनिकगतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदानगरिने छ।
३) खेलकुद फोटोपत्रकारीता विधा
यो विधामा खेलकुदको क्षेत्रमा वर्ष भरी उत्कृष्ट फोटो खिच्ने एक जना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ।
४) महिला फोटोपत्रकारिता विधा
महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला फोटो पत्रकारहरु मध्ये बाट छनौट गरी एक जना लाई यो पुरस्कार वितरण गरिने छ।
५) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधा
देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा गर्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ।
६)आर्थिक फोटोपत्रकारिता विधा
व्यापार, व्यवसाय लगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलापहरुको फोटो माध्यमबाट फोटो पत्रकारिता गर्ने एक उत्कृट फोटोपत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्ने छन्।
६) राजनैतिक फोटोपत्रकारिता विधा
देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ।
७) मनोरन्जन फोटोपत्रकारिता विधा
देशको महत्वपूर्ण मनोरन्जनात्मक गतिविधिलाई फोटोको माध्यमबाट फोटो पत्रकारिता गर्ने एकजना उत्कृष्ट पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदानगरिनेछ।
८) प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं १ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
९) प्रदेश नं. २ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं २ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१०) प्रदेश नं. ३ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं ३ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
११) प्रदेश नं. ४ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं ४ (गण्डकी) मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१२) प्रदेश नं. ५ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं ५ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१३) प्रदेश नं. ६ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं ६ (कर्णाली) मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१४) प्रदेश नं. ७ उत्कृष्ट फोटोपत्रकारिता विधा
राजधानी बाहिर रहेर प्रदेश नं ७ (सुदुरपश्चिम) मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।