यस्तै नेकपा (माओवादी केन्द्र)संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ।
वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनयुद्धकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्नुपर्नेमा व्यक्ति विशेषलाई मात्रै दोषी करार गर्ने प्रवृति हारको उपज भएको उल्लेख छ।
यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पनि आज एक विज्ञप्तिमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन नदिने षड्यन्त्रका साथ नेता ढुंगेललाई पक्राउ गरिएको बताएका छन्।
वामपन्थी गठबन्धनको सम्भावित विजयबाट अत्तालिएका प्रवृत्तिले चुनाव भाड्ने नियतका साथ पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।