काठमाडौं (एजेन्सी)– नेकपा एमालेका दुई सांसद पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खाँदा ओडाउँदै उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। एमालेबाट कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहनसिंह राठौर र सांसद रविना चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै प्रधानमन्त्री देउवाले स्वागत गरेका हुन्।
यस्तै, नेकपा माओवादी केन्द्रको प्रत्यक्षबाट सर्लाहीमा निर्वाचित पूर्व सांसद शम्भुलाला श्रेष्ठ पनि मंगलबार कांग्रेसमा प्रवेश गरे। उनलाई पनि प्रधानमन्त्री निवासमा पार्टीको सदस्यता प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।