काठमाडौं– संघीय समाजवादी फोरमले प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ। राजपासँग प्रदेश २ को सिट बाँडफाँड गरेलगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची तय गरेको हो। दुवै पार्टीले १७ र १५ को अंकमा उम्मेदवार वाँडफाँड गरेका थिए।
फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २, वरिष्ठ नेता अशोक राई सुनसरी १, सूर्यनारायण यादव सप्तरी १, राजला यादव सिरहा १, शत्रुघन सिंह कोइरी २ र अशेश्वर यादव ३ मा उम्मेदवारी दिने तय भएको छ। दीपक कार्की धनुषा १, उमाशंकर अरगरीया २, महाजन यादव ४ मा उम्मेदवार बनाइएको छ।
मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ।
लक्ष्मी महतो महोत्तरी १, डा. सुरेन्द्र महतो ४, अशोक सिंह कोइरी सर्लाही ३, किरण साह रौतहट २, रामसहायद यादव बारा २, रामकिशोर यादव ३ मा उम्मेदवार भएका छन्।
गच्छादारबाट उपेन्द्र यादवको पार्टीमा आएका विमल श्रीवास्तवलाई पर्सा २ मा उम्मेवार बनाइएको छ। प्रदीप यादव पर्सा १ मा र हरिनारायण रौनियारलाई ३ मा उम्मेदवार बनाइएको छ।
हेर्नुहोस् सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।