एजेन्सी – कलाकारलाई पुरस्कारको वाछिटा कतिसम्म लाग्छ भन्ने कुरा भारतमा भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्डमा देखियो। सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टले पाएपछि अर्की अभिनेत्री दीपिका पादुकोणले आफ्ना प्रशंसकसँग माफ माग्ने अवस्था सृजना भयो।
सामाजिक सञ्जाल, फेसबुक र ट्वीटरमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलीज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेकोप्रति दुख व्यक्त दीपिकाले भनेकी छिन्, ‘सबैलाई निरास बनाएकोमा म क्षमा चाहन्छु।’
उनका प्रशंसकहरुले फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिनुपर्ने जिकिर गर्दै आइरहेका थिए। तर उनले सो शीर्षकको पुुरस्कार पाउन सकिनन्। आफ्ना असन्तुष्ट समर्थकहरुलाई सम्बोधन गर्दै दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी हुन्।
दिपिकाले आउँदा फिल्महरुमा अझै परिश्रम गर्ने र प्रशंसकहरुलाई खुशी तुल्याउने प्रण समेत गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।