एजेन्सी– युरोपियन च्याम्पियनसिप २०२० को छनोटमा स्पेनले माल्टालाई २–० गोलले पराजित गरेको छ।
समूह 'एफ' को खेलमा स्पेनलाई जित दिलाउन दुवै गोल अल्भारो मोराटाले गरे। उनले खेलेको ३१ र ७३ मिनेटमा गोल गरेका थिए। लगातार दुई खेलमा जित पार्दै स्पेन समूहको शीर्ष स्थानमा छ। यो समूहको अर्को खेलमा नर्वे र स्विडेनले ३–३ गोलको बराबरी खेलेका छन्।
यता समूह 'जे' को खेलमा इटालीले लिचेस्टाइनलाई ६–० गोलले पराजित गरेको छ। इटालीका लागि सेन्सीले १७, भेराटीले ३२, क्वाग्लिरेलाले ३५ र पहिलो हाफको इन्जुरी मिनेटमा (दुवै गोल पेनाल्टी), किनले ६९ मिनेट तथा पभोलेटीले ७६ मिनेटमा गोल गरेका थिए। समूहमा इटालीले लगातार २ खेलमा जित हात पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।