एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मंगलबार राति भएको खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरेको हो।
अर्जेन्टिनाका लागि एन्जेल कोरिआले ८३ मिनेटमा निर्णायक गोल गरे। उनले मार्टिएस सुआरेजले उपलब्ध गराएको पासमा डिबक्सबाट गोल गरेका थिए।
अर्को खेलमा ब्राजिलले चेक गणतन्त्रले ३–१ गोलले पराजित गर्यो। खेलमा अग्रता भने चेकले लिएको थियो। पाभेल्काले ३७ मिनेटमा गरेको गोलबाट चेकले अग्रता लिएको थियो।
दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो। रोबर्टो फिर्मिनोले ४९ मिनेटमा बराबरी गोल फर्काए। गाब्रियल जेससले ८३ र ९० मिनेटमा गरी २ गोल गर्दा ब्राजिलले जित निकाल्न सफल भयो।
यता दक्षिण कोरियाले कोलम्बियालाई २–१ ले हराएको छ। जापानले पनि बोलिभियामाथि १–० को जित हात पारेको छ। यता आइभरी कोस्टले लाइबेरियालाई १–०, नाइजेरियाले इजिप्टलाई १–०, सेनेगलले मालीलाई २–१, अल्जेरियाले ट्युनिसियालाई १–०, इस्टोनियाले जिब्राल्टरलाई १–० गोलले हराउँदा अमेरिका र चिलीले १–१ को बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।