काठमाडौं- राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रदेश २ का लागि उम्मेदवार क्षेत्रको टुंगो लगाएका छन्। यो प्रदेशमा आगामी मंसीर २१ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ।
चुनावमा आपसी तालमेल गरेर जान उनीहरु केही समयअघि देखि नै छलफलमा थिए।
शीर्ष नेता बसेर आजै टुंगो लगाए अनुसार प्रतिनिधिसभाका लागि प्रदेश २ का कुल ३२ निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १७ सिटमा प्रतिस्पर्धा गर्ने छ।
त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले १५ सिटका लागि प्रतिस्पर्धा गर्ने छ।
प्रदेशसभाका लागि भने संघीय समाजवादी फोरमले ३३ र राष्ट्रिय जनता पार्टीकाले ३१ ठाउँबाट प्रतिस्पर्धा गर्ने छ।
यस्तो छ सूचीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।