• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गैरकानुनी रुपमा नदी दोहन, व्यापारीको प्रभावमा नगरपालिका

३० टिपर स्थानीयको नियन्त्रणमा
64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  २१:२९
1140x725

जनकपुर- महोत्तरीको बर्दिबासस्थित रातु खोलामा मापदण्ड विपरीत नदिजन्य पदार्थको उत्खनन भएपनि नियामक निकायको जिम्मेवारी पाएको नगरपालिका भने व्यापारीकै पक्षमा लागेर नियन्त्रण गर्न आनाकानी गरेको छ।

नदिजन्य पदार्थमा व्यापारीको अत्यधिक अतिक्रमण हुन थालेपछि स्थानीयबासी भने आन्दोलित भएका छन्। एक महिनाअघि पनि जनदबाबपछि रोकिएको नदी दोहन पछिल्लो समय फेरी सुरु भएपछि स्थानीयबासी आन्दोलनमा होमिएका हुन्। 

स्थानीयबासीले मापदण्ड विपरीत खोलाबाट बालुवागिट्टी निकाल्न प्रयोग गरिएका जेसिबी, एस्काभेटर, टिपर ३० बढी उपकरण नियन्त्रणमा लिएका छन्।

स्थानीय र व्यापारीबीच विवाद भएपछि व्यापारीका उपकरण स्थानीयले नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली रातु खोला पुगेको छ।

'मापदण्ड विपरित खोला खनिएको स्थानीयको गुनासो छ,' डीएसपी निशान्त थापाले भने, 'यस सम्धन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।'

बर्दिबास नगरपालिकाले चारवटा प्याकेजमा रातु खोलाको ठेक्‍का लगाएको छ। वातावरण परिक्षण रिपोर्ट अनुसार तीन फिट खनेर मात्रै बालुवा गिट्टी झिक्नु पर्ने हो। तर, ठेकेदारले राति १० फिटसम्म खनेर नदीजन्य समाग्रीको ढुवानी गरिरहेको किसान नगरका कांग्रेस नेता विन्देश्वर साहले जनाए।

'खोला उत्खन्नमा चरम लापरबाही भइरहेको छ। जनप्रतिनिधिले खासै मतलब राखेको छैन,' नेता साहले भने, 'रातभरी खोला खनेर ढुवानी गरिने टिपरको आवाजले स्थानीय सुत्न सकेका छैनन्।'

खोलाको दोहोन रोक्न साताअघि बर्दिबास नगरपालिकालाई स्थानीयले जानकारी गराएका थिए। तर, नगरपालिकाले वास्ता नगरेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन्।

Ncell 2
Ncell 2

बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले ठेकेदारले तीन फिटभन्दा गहिरो कुनैपनि हालतमा खन्न नपाउने बताए। उनले भने, 'मापदण्ड मिच्नेलाई कारवाही हुन्छ।' अबैध उत्खनन् रोक्ने जिम्मेवारी जिल्ला समन्वय समितिको हो। तर, उसले गरेको अनुगमन प्रभावकारी नभएको स्थानीय बताउँछन्।

पहिले जिल्ला विकास समितिले रातु नदी ठेक्‍का लगाउने गरेको थियो। चालू आर्थिक वर्ष २०७५/०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा स्थानीय सरकारको मातहतमा आएको छ।

चालु आर्थिक वर्षका लागि किसानगरदेखि पथलैयासम्मको पाँच हजार एक सय ७३ मिटर दूरीबाट नदीजन्य समाग्री निकाल्न बर्दिबास नगरपालिकाले खोलाको ठेक्‍का लगाएको हो। उसले भ्याट बाहेक पाँच कारोड २९ लाखमा रातु खोलाको ठेक्का लगाएको छ।

ठेक्‍का अनुसार जेष्ठ मस्तान्त भित्रमा ठेकेदार कम्पनीले खोलाबाट, बालुवा, गिट्टी, ढुङ्गा झिक्न पाउने सम्झौतामा उल्लेख छ। किसानगर, जुरेटोल, फूलबारीटोल र पथलैया गरि चार सेक्सनबाट जम्मा तीन लाख २४ हजार घनमिटर नदीजन्य समाग्री  मात्र निकाल्न उपयुक्त रहेको वातावरण परीक्षा रिपोर्टले देखाएको छ।

रातु खोलाको किसाननगर र जुरेटोल खण्ड कमलामाई बालुवा गिट्टी प्रसोधन केन्द्र कर्जन्हा सिरहाले ठेक्का लिएको छ। उसले दुवै खण्ड २ करोड २९ लाखमा ठेक्का लिएको हो।त्यसैगरी फूलबारीटोल र पथलैया खण्डको ठैक्‍का व्याहुत निर्माण सेवा जलेश्वर, महोत्तरीले जम्मा तीन करोडमा पाएका हुन् ।खोलाको ठेक्काबाट आएको जम्मा आम्दानीको ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने छन् भने ६० प्रतिशत स्थानीय सरकारले पाउने छन्।

ठेकेदारको बदमासी र सरोकारवला निकायको फितलो अनुगमनले मापदण्ड विपरित उत्खन्न भइरहेको छ।दशक अघिदेखि हुँदै आएको नदीको दोहोन यथावत छ। ठेक्केदारको कमाउ धन्दाले सरोकारवालालाई समेत प्रभाव पारिएकाले रातु खोलामा जथाभावी नदी दोहन हुने क्रम फेरि दोहोरिएको हो। जथाभावी दोहोनले बर्सेपिच्छे खोलाले बहाव फेरिँदै आएको छ।

बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हत्तिसर्वाका हजारौं किसानको सयौं बिघा जग्गा कटान गरेर बगर बनाइदिएको छ। खेतीयोग्य जमीन खोलाले निलेपछि किसान विदेसिएका छन्। विदेशको कमाइले अन्न किनेर खान बाध्य भएको पशुपतिनगरका किसान अनिलकुमार महतोले बताए।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्