• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नागरिकता संशोधन विधेयक सम्बन्धमा जारी बहस र केही यथार्थ

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  १४:२६
1140x725

कुनै पनि देशको नागरिकतासम्बन्धी नीति र ऐनकानुन उसको आफ्नो भू-राजनीतिक अवस्था र आवश्यकताको आधारमा बनाइने गरिन्छ।

सबै देशहरुमा आ-आफ्नो आर्थिक अवस्था र आवश्यकताअनुसार भिन्न-भिन्न नीति र ऐनकानून बनेको देखिन्छ। कुनै पनि देश विशेषमा कुनै पनि व्यक्तिलाई अस्थायी वा आवधिक रुपमा बसोबास गर्ने तथा आर्थिक, सामाजिक एवम् सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था र राजनीतिक अधिकारसहित नागरिकता प्रदान गर्ने विषय भिन्न-भिन्न हुन सक्दछन्।

त्यसकारण यस सन्दर्भमा दुई विशाल भूगोल र जनसंख्या भएका चीन र भारतको बीचमा अवस्थित सानो भूगोल र खुला सीमा तथा कमजोर आर्थिक अवस्था भएको नेपालले नागरिकता प्रदान गर्दा खुला, सहज र उदार नीति लिने वा आफ्नो अवस्था र आवश्यकताअनुसार भविष्यमा पर्न सक्ने प्रभावलाई समेत ध्यानमा राखेर सुव्यवस्थित र सु-स्पष्ट नागरिकता नीति बनाउने भन्ने विषय प्रथमतः विचारणीय छ।

यस विषयमा प्रयाप्त एवम् गम्भीर छलफल गरी उपयुक्त निष्कर्षमा पुग्नुपर्ने हुन्छ। हाम्रो जस्तो भू-राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र अवस्थिति भएको मुलुकका लागि नागरिकता प्रदान गर्ने विषय अत्यन्त महत्वपूर्ण र संवेदनशील पनि बन्ने गरेको छ। जुन स्वभाविक पनि हो।

वर्तमान संविधानको व्यवस्था र भावना भनेको कुनै पनि नेपालीले नागरिकताबाट वञ्चित हुनु नपरोस् र कुनै पनि गैर नेपालीले नेपाली नागरिकता नपाओस भन्ने नै हो। प्रत्येक नेपालीले नागरिकता प्राप्त गर्ने उसको अधिकार हो, भने प्रदान गर्नु राज्यको कर्तव्य हो।

त्यस्तै, गैर नागरिक वा विदेशी नागरिकलाई पनि मानार्थ नागरिकता वा वैवाहिक अंगीकृत नागरिकता दिने सम्बन्धमा आफ्नो देशको अवस्थानुसार उपयुक्त नीति र कानुन बनाउने राज्यको आफ्नो अधिकारको विषय हो।

वर्तमान संविधानको व्यवस्थानुसार लैंगिक विभेद वर्जित छ। छोरा र छोरीको तथा आमा र बाबुको समान अधिकारको सुनिश्चिता गरिएको छ। त्यस्तै बाबुको वा आमाको नामबाट सन्तानले नागरिकता पाउनुपर्ने व्यवस्था गरिएको छ। जसलाई नागरिकता प्रदान गर्ने राज्य पक्षले र प्राप्त गर्ने नागरिक पक्ष दुबैले सम्मानपूर्वक पालना गर्नुपर्ने हुन्छ। यसमा कसैको विमति हुन सक्दैन, हुनुहुँदैन। यो संविधानप्रतिको सम्मान पनि हो। संविधानको यस व्यवस्थाका कारण समाजमा अहिले नयाँ चेतनाको विकास र बहस सुरु भएको छ, जुन अत्यन्त स्वभाविक पनि छ।

नागरिकता प्राप्त गर्ने सन्तानको बुवा र आमा दुबै नेपाली नागरिक हुन् भने आमाको वा बाबुको जसको नामबाट लिए पनि राज्यबाट समान कानुनी व्यवस्था, सर्त र व्यवहार हुनु पर्दछ भन्नेमा पनि कुनै विवाद हुन सक्दैन। किनकि संविधानत: पुरुष र महिलामा विभेद गर्न मिल्दैन।

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो सन्तानको नागरिकता बाबुको नामबाट बनाउँदा आमाको र आमाको नामबाट बनाउँदा बाबुको समेत नाम उल्लेख गर्दाको अवस्था भनेको पनि सामान्य र सहज अवस्था नै हो, जसमा कुनै विवाद रहने भएन। तर, यसरी सन्तानको नागरिकता बनाउँदा बाबु वा आमाको 'ठेगान नभएको' अवस्थामा बाबु वा आमाले नाम बताउन नचाहने वा नसक्ने विशेष अवस्था थोरै र असामान्य नै हुन्छ।

त्यसकारण यदाकदा देखिने यस्ता अवस्थामा पनि विशेष व्यवस्था गरेर सन्तानलाई नागरिकता भने दिनुपर्ने हुन्छ नै। त्यस्तो विशेष अवस्थामा प्रदान गरिने नागरिकताको प्रमाण-पत्रमा बाबु वा आमाको 'ठेगान नभएको' भन्ने शब्दावली उल्लेख नगरिकन नागरिकता दिने तर 'ठेगान नभएको' कारण वा नाम उल्लेख गर्न नसकिने अवस्थाको कारण भने सम्भावित कानुनी अस्पष्टता नरहोस् भन्नका लागि राज्यको अभिलेखमा वैयक्तिक गोपनीयता सुरक्षित रहने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ।

यसो गर्दा नागरिकता प्रदान गर्ने राज्यको तथा प्राप्त गर्ने व्यक्तिको हक र हित पनि सुरक्षित रहन्छ भन्ने मलाई लाग्दछ। कहीं कतै कारण नै उल्लेख नगरी 'स्वघाेषणा' मात्रका आधारमा सोझै वंशजको नागरिकता दिंदा त्रुटिवस वा नियतवस समेत गैर नागरिकले पनि वंशजको नागरिकता लिन सक्ने सम्भावना रहन सक्दछ भन्नेतर्फ प्रयाप्त सतर्कता र सचेतता राख्नु पर्दछ भन्ने मेरो आशय हो। यस सन्दर्भमा अन्यथा आशय केही होइन, हुन सक्दैन।

त्यसकारण वंशजको नागरिकता दिंदा हरेक सम्भावित कमजोर अवस्था र छिद्र केलाएर प्रयाप्त छलफल गरी उपयुक्त र सुरक्षित कानुनी व्यवस्था हुनुपर्दछ भन्ने पवित्र मनसायले मैले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा विदेशी मुलुकहरुबाट यदाकदा दुरासयपूर्वक हुन सक्ने सम्भावित अवस्था र त्यस्तो संख्या एवम् गति नियन्त्रण गर्न पनि सुरक्षित कानुन बनाउनु पर्दछ भन्ने आशय प्रकट गर्दा विशुद्ध आशय र भावनावस नै 'अभियान' शब्द व्यक्त भएकाे हुनुपर्दछ। जुन उपयुक्त होइन भन्ने मैले पनि महशुस गरेको छु।

त्यसकारण यस सन्दर्भमा व्यक्त शब्द भन्दा पनि आशय र उद्देश्यलाई बुझ्नु उचित र न्यायपूर्ण हुनेछ। महिला र आमाप्रतिको मेरो उच्च सम्मान कसैसित कहिल्यै तुलना हुन सक्दैन।

बाबु वा आमा, जसको नामबाट नागरिकता लिंदा पनि दुबैका लागि समान किसिमको संवैधानिक व्यवस्था भएपनि, सरकारबाट प्रस्तुत संशोधन विधयेकमा सो समान व्यवस्था छुट हुन गएको र आमाको नामबाट नागरिकता लिंदा 'बाबुको ठेगान नभएको' भन्ने अवस्थाको मात्र प्रस्ताव गरिएकोले समितिको छलफल र बाहिरी बहस पनि महिलाप्रति मात्र विभेद भए जस्तो गरी केन्द्रित हुन गएको देखिन्छ। तर, वास्तवमा यसरी सरकार तर्फबाट प्रस्तुत विधेकमा राज्य व्यवस्था समितिमा छलफलका क्रममा हामी सदस्यहरुले सल्लाह गरी सर्वसहमतिबाट भाषा सच्याएर विभेद रहित हुने गरी सुल्झाई सकेका छौं।

यसबारे सञ्चार माध्यमहरुमा देखिएजस्तो हामी समितिका सदस्यहरु बीच अब कुनै विमति र विवाद छैन।

विदेशी महिला वा पुरुषलाई समान अधिकारसहित वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने विषयमा देखिएको विवादको अवस्थालाई भने सबै पार्टीका शिर्षस्थ नेताहरु समेतको सुझाव र सहमतिमा समाधान गर्ने उद्देश्यले राज्य व्यवस्था तथा सुशासन समिति भित्रबाट नै सर्वसम्मतिले ९ सदस्यीय सर्वदलीय उपसमिति बनेको छ।

सो उपसमितीले पेस गर्ने प्रतिवेदन‍माथि पूर्ण समितिमा गम्भीरतापूर्वक थप छलफलबाट, लैंगिक विभेदरहित संवैधानिक व्यवस्था तथा देशको सार्वभौमिकता र हितलाई ध्यानमा राखी उपयुक्त निष्कर्षमा पुग्नुपर्दछ भन्ने मेरो दृष्टिकोण छ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बडुकाे याे विचार सान्दर्भिक लागेकाेले हामीले उनकाे फेसबुकबाट साभार गरेका हाैं।)

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्