• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नागरिकता संशोधन विधेयक सम्बन्धमा जारी बहस र केही यथार्थ

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  १४:२६
1140x725

कुनै पनि देशको नागरिकतासम्बन्धी नीति र ऐनकानुन उसको आफ्नो भू-राजनीतिक अवस्था र आवश्यकताको आधारमा बनाइने गरिन्छ।

सबै देशहरुमा आ-आफ्नो आर्थिक अवस्था र आवश्यकताअनुसार भिन्न-भिन्न नीति र ऐनकानून बनेको देखिन्छ। कुनै पनि देश विशेषमा कुनै पनि व्यक्तिलाई अस्थायी वा आवधिक रुपमा बसोबास गर्ने तथा आर्थिक, सामाजिक एवम् सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था र राजनीतिक अधिकारसहित नागरिकता प्रदान गर्ने विषय भिन्न-भिन्न हुन सक्दछन्।

त्यसकारण यस सन्दर्भमा दुई विशाल भूगोल र जनसंख्या भएका चीन र भारतको बीचमा अवस्थित सानो भूगोल र खुला सीमा तथा कमजोर आर्थिक अवस्था भएको नेपालले नागरिकता प्रदान गर्दा खुला, सहज र उदार नीति लिने वा आफ्नो अवस्था र आवश्यकताअनुसार भविष्यमा पर्न सक्ने प्रभावलाई समेत ध्यानमा राखेर सुव्यवस्थित र सु-स्पष्ट नागरिकता नीति बनाउने भन्ने विषय प्रथमतः विचारणीय छ।

यस विषयमा प्रयाप्त एवम् गम्भीर छलफल गरी उपयुक्त निष्कर्षमा पुग्नुपर्ने हुन्छ। हाम्रो जस्तो भू-राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र अवस्थिति भएको मुलुकका लागि नागरिकता प्रदान गर्ने विषय अत्यन्त महत्वपूर्ण र संवेदनशील पनि बन्ने गरेको छ। जुन स्वभाविक पनि हो।

वर्तमान संविधानको व्यवस्था र भावना भनेको कुनै पनि नेपालीले नागरिकताबाट वञ्चित हुनु नपरोस् र कुनै पनि गैर नेपालीले नेपाली नागरिकता नपाओस भन्ने नै हो। प्रत्येक नेपालीले नागरिकता प्राप्त गर्ने उसको अधिकार हो, भने प्रदान गर्नु राज्यको कर्तव्य हो।

त्यस्तै, गैर नागरिक वा विदेशी नागरिकलाई पनि मानार्थ नागरिकता वा वैवाहिक अंगीकृत नागरिकता दिने सम्बन्धमा आफ्नो देशको अवस्थानुसार उपयुक्त नीति र कानुन बनाउने राज्यको आफ्नो अधिकारको विषय हो।

वर्तमान संविधानको व्यवस्थानुसार लैंगिक विभेद वर्जित छ। छोरा र छोरीको तथा आमा र बाबुको समान अधिकारको सुनिश्चिता गरिएको छ। त्यस्तै बाबुको वा आमाको नामबाट सन्तानले नागरिकता पाउनुपर्ने व्यवस्था गरिएको छ। जसलाई नागरिकता प्रदान गर्ने राज्य पक्षले र प्राप्त गर्ने नागरिक पक्ष दुबैले सम्मानपूर्वक पालना गर्नुपर्ने हुन्छ। यसमा कसैको विमति हुन सक्दैन, हुनुहुँदैन। यो संविधानप्रतिको सम्मान पनि हो। संविधानको यस व्यवस्थाका कारण समाजमा अहिले नयाँ चेतनाको विकास र बहस सुरु भएको छ, जुन अत्यन्त स्वभाविक पनि छ।

नागरिकता प्राप्त गर्ने सन्तानको बुवा र आमा दुबै नेपाली नागरिक हुन् भने आमाको वा बाबुको जसको नामबाट लिए पनि राज्यबाट समान कानुनी व्यवस्था, सर्त र व्यवहार हुनु पर्दछ भन्नेमा पनि कुनै विवाद हुन सक्दैन। किनकि संविधानत: पुरुष र महिलामा विभेद गर्न मिल्दैन।

Ncell 2
Ncell 2

आफ्नो सन्तानको नागरिकता बाबुको नामबाट बनाउँदा आमाको र आमाको नामबाट बनाउँदा बाबुको समेत नाम उल्लेख गर्दाको अवस्था भनेको पनि सामान्य र सहज अवस्था नै हो, जसमा कुनै विवाद रहने भएन। तर, यसरी सन्तानको नागरिकता बनाउँदा बाबु वा आमाको 'ठेगान नभएको' अवस्थामा बाबु वा आमाले नाम बताउन नचाहने वा नसक्ने विशेष अवस्था थोरै र असामान्य नै हुन्छ।

त्यसकारण यदाकदा देखिने यस्ता अवस्थामा पनि विशेष व्यवस्था गरेर सन्तानलाई नागरिकता भने दिनुपर्ने हुन्छ नै। त्यस्तो विशेष अवस्थामा प्रदान गरिने नागरिकताको प्रमाण-पत्रमा बाबु वा आमाको 'ठेगान नभएको' भन्ने शब्दावली उल्लेख नगरिकन नागरिकता दिने तर 'ठेगान नभएको' कारण वा नाम उल्लेख गर्न नसकिने अवस्थाको कारण भने सम्भावित कानुनी अस्पष्टता नरहोस् भन्नका लागि राज्यको अभिलेखमा वैयक्तिक गोपनीयता सुरक्षित रहने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ।

यसो गर्दा नागरिकता प्रदान गर्ने राज्यको तथा प्राप्त गर्ने व्यक्तिको हक र हित पनि सुरक्षित रहन्छ भन्ने मलाई लाग्दछ। कहीं कतै कारण नै उल्लेख नगरी 'स्वघाेषणा' मात्रका आधारमा सोझै वंशजको नागरिकता दिंदा त्रुटिवस वा नियतवस समेत गैर नागरिकले पनि वंशजको नागरिकता लिन सक्ने सम्भावना रहन सक्दछ भन्नेतर्फ प्रयाप्त सतर्कता र सचेतता राख्नु पर्दछ भन्ने मेरो आशय हो। यस सन्दर्भमा अन्यथा आशय केही होइन, हुन सक्दैन।

त्यसकारण वंशजको नागरिकता दिंदा हरेक सम्भावित कमजोर अवस्था र छिद्र केलाएर प्रयाप्त छलफल गरी उपयुक्त र सुरक्षित कानुनी व्यवस्था हुनुपर्दछ भन्ने पवित्र मनसायले मैले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा विदेशी मुलुकहरुबाट यदाकदा दुरासयपूर्वक हुन सक्ने सम्भावित अवस्था र त्यस्तो संख्या एवम् गति नियन्त्रण गर्न पनि सुरक्षित कानुन बनाउनु पर्दछ भन्ने आशय प्रकट गर्दा विशुद्ध आशय र भावनावस नै 'अभियान' शब्द व्यक्त भएकाे हुनुपर्दछ। जुन उपयुक्त होइन भन्ने मैले पनि महशुस गरेको छु।

त्यसकारण यस सन्दर्भमा व्यक्त शब्द भन्दा पनि आशय र उद्देश्यलाई बुझ्नु उचित र न्यायपूर्ण हुनेछ। महिला र आमाप्रतिको मेरो उच्च सम्मान कसैसित कहिल्यै तुलना हुन सक्दैन।

बाबु वा आमा, जसको नामबाट नागरिकता लिंदा पनि दुबैका लागि समान किसिमको संवैधानिक व्यवस्था भएपनि, सरकारबाट प्रस्तुत संशोधन विधयेकमा सो समान व्यवस्था छुट हुन गएको र आमाको नामबाट नागरिकता लिंदा 'बाबुको ठेगान नभएको' भन्ने अवस्थाको मात्र प्रस्ताव गरिएकोले समितिको छलफल र बाहिरी बहस पनि महिलाप्रति मात्र विभेद भए जस्तो गरी केन्द्रित हुन गएको देखिन्छ। तर, वास्तवमा यसरी सरकार तर्फबाट प्रस्तुत विधेकमा राज्य व्यवस्था समितिमा छलफलका क्रममा हामी सदस्यहरुले सल्लाह गरी सर्वसहमतिबाट भाषा सच्याएर विभेद रहित हुने गरी सुल्झाई सकेका छौं।

यसबारे सञ्चार माध्यमहरुमा देखिएजस्तो हामी समितिका सदस्यहरु बीच अब कुनै विमति र विवाद छैन।

विदेशी महिला वा पुरुषलाई समान अधिकारसहित वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने विषयमा देखिएको विवादको अवस्थालाई भने सबै पार्टीका शिर्षस्थ नेताहरु समेतको सुझाव र सहमतिमा समाधान गर्ने उद्देश्यले राज्य व्यवस्था तथा सुशासन समिति भित्रबाट नै सर्वसम्मतिले ९ सदस्यीय सर्वदलीय उपसमिति बनेको छ।

सो उपसमितीले पेस गर्ने प्रतिवेदन‍माथि पूर्ण समितिमा गम्भीरतापूर्वक थप छलफलबाट, लैंगिक विभेदरहित संवैधानिक व्यवस्था तथा देशको सार्वभौमिकता र हितलाई ध्यानमा राखी उपयुक्त निष्कर्षमा पुग्नुपर्दछ भन्ने मेरो दृष्टिकोण छ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बडुकाे याे विचार सान्दर्भिक लागेकाेले हामीले उनकाे फेसबुकबाट साभार गरेका हाैं।)

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्