कैलाली- केही वर्ष पहिले भत्काइएका बर्दगोरीया गाउँपालिका-१ मा पुनः छाउगोठ भत्काउन सुरु गरिएको छ। सोमबारदेखि छाउगोठ भत्काउन सुरु गरिएको हो।
बर्दगोरिया गाउँपालिकालाई छाउगोठमुक्त बनाउने अभियान अन्तर्गत भत्काउने अभियान सुरु गरिएको हो।
बर्दगोरियामा केही वर्षअघि छाउगोठ भत्काइएको भएपनि ६ वटै वडामा पुनः छाउगोठ बनाइएको पाइएपछि भत्काउन थालिएको बताइएको छ।
सोमबार बर्दगोरिया गाउँपालिका-१ का विभिन्न टोलमा २० वटा छाउगोठ भत्काइएको छ।
वडाका छापाबाग, कट्टीपुर, मुडागाउँ लगायतका गाउँका छाउगोठ भत्काइएको वडाध्यक्ष जयरुप खतिवडाले जानकारी दिए।
छाउगोठ भत्काउने अभियानमा स्थानीय महिला तथा पुरुषले सहयोग गरेको भएपनि केही स्थानमा भने 'हाम्रो देउता रिसाउँछन्' भनेर अवरोध समेत भएको वडाध्यक्ष खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।