काठमाडौं- जिल्ला वन कार्यालय, डोल्पाका कर्मचारीहरुले स्थानीय जग्गाधनी र जडीबुटी ठेकेदारसँग मिली मोटो रकम लेनदेन गरेको फेला परेको छ।
कर्मचारीले निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको जटामसी जिल्ला बाहिर लैजाने छोडपुर्जी इजाजत दिएको भन्दै आर्थिक घोटाला गरेको अख्तियार दुरुपयोग अनुसान्धान आयोगले जनाएको छ।
आयोगमा अनुसार रामविचारी ठाकुर, रुद्र बहादुर बुढा र भीम बहादुर बुढाले १ करोड ४८ लाख ७९ हजार ६ सय ८०रुपैयाँको छोडपुर्जी दिई आफैं मुचुल्का र प्रतिवेदन तयार गरी गराई आफू र अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने, सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना हानि नोक्सानी गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो।
सो कार्यमा संलग्न देहाय बमोजिमका व्यक्तिहरू उपर देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरुले सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको १ लाख ८५ हजार ९ सय ९६ किलो जटामसी जिल्ला बाहिर लैजान भन्दै नक्कली कागज बनाएर रकम हिनामिना गरेको अख्तियारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।