काठमाडौ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसका गतिविधिमा सहयोग पुग्नेगरी चन्दालगायत अन्य सहयोग गरे कारबाही हुने चेतावनी गृह मन्त्रालयले दिएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले विप्लवको गतिविधिलाई सहयोग गर्नेलाई हालै मन्त्रीपरिषदवाट पारित भएको अपराधीक तथा विध्वसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिएको छ।
‘विप्लव समुहवाट संचालित अपराधीक तथा विध्वसशात्मक क्रियाकलापमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ,’ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कुनै किसिमको आर्थिक ,भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नर्पन आग्रह गरेको छ । यस्तो गरेका तत्काल प्रहरीलाई खवर गर्न आग्रह गर्न आग्रह गर्दछौं।’
कोही कसैले त्यस्तो आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा सहयोग दिने र लिने दुवैलाई कारबाही गरिने गृहको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा यसरी सहयोग गर्नेलाई अपराधीक एवं विध्वसात्मक क्रियाकलाप नियन्त्रण कानुन अनुसार कारवाही हुने उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।