मोरङ- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर-हरैचा नगरपालिका-८ मा आइतबार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।
बिहान साढे ५ बजे पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी सोही हायसमा सवार सुनसरी धरान बस्ने १३ वर्षीय सबिन मंग्रातीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
त्यसैगरी हायसका चालक पथरी-शनिश्चारे नगरपालिका-९ का २९ वर्षीय रमेश बस्नेत, हायसमा सवार सुन्दर-हरैचा नगरपालिका-८ का १४ वर्षीय सुमन रम्तेल र मोरङ उर्लाबारीका २१ वर्षीय सचिन भित्रिकोटी घाइते भएका हुन्।
दुर्घटनाका घाइतेलाई उपचारका लागि विराट नर्सिङहोम विराटनगर पठाइएको छ भने चालकलाई स्थानीय मेडीकलमा उपचार पश्चात् प्रहरीको नियन्त्रणमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।