दाङ- आजदेखि सुरु भएको एसइई परीक्षामा १५ दिनकी सुत्केरी महिला बच्चासहित सहभागी भएकी छन्। तुलसीपुर उपमहानगरपालिका-६, गाइडर निवासी सुशीला भण्डारी १५ दिनको बच्चा काखमा लिएर परिक्षामा सहभागी भएकी हुन्।
बच्चाका कारण असजिलो नहोस् भनेर उनका आफन्त पनि बच्चाको स्याहरको लागि परिक्षा केन्द्र पुगेका थिए।
महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरबाट खुल्ला विद्यालयमा अध्ययन गरेकी भण्डारी तुलसीपुर माध्यामिक विद्यालय सेन्टर, तुलसीपुर परिक्षा केन्द्रबाट परीक्षा दिइरहेकी छन्।
‘पढाईको महत्व बल्ल बुझें, पढेर जागिर नै खाँउला भन्ने त छैन, तैपनि पढ्नुपर्छ भन्ने लागेर परिक्षा दिन लागेकी हुँ’, उनले भनिन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।