काठमाडौं- श्रम भिसामा कोरिया जानका लागि अनिवार्य कोरियाली भाषा परीक्षाका लागि दोस्रो दिनसम्ममा नै करिब ६२ हजारकाे आवेदन परेको छ।
शुक्रबारदेखि खुलेकाे अनलाइन आवेदनमा शनिबार साँझ ६ बजेसम्ममा ६१ हजार ९ सय ७८ जनाले दर्ता भइसकेकाे इपिएस कोरिया शाखाले जानकारी दिएको छ।
सन् २०२० मा काेरिया जाने कामदारका लागि भाषा परीक्षा जेठ २५ र २६ गते परीक्षा हुनेछ।
परीक्षा सेन्टर काठमाडौं र पाेखरामा हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।