काठमाडौं– अर्थविद् प्राध्यापक डाक्टर मदन दाहालको निधन भएको छ।
केएमसी अस्पतालमा उपचाररत दाहालको शुक्रबार दिउँसो निधन भएको हो। चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका दाहाल विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुख पनि थिए।
अवकासपछि दाहालले ६ वर्ष मेघा बैङ्कको संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे। अर्थविश्लेषक दाहाल अर्थमन्त्रालयमा राजस्व परामर्श समितिका सदस्य पनि थिए।
अर्थशास्त्रमा आधारित रहेर दाहालले १५ भन्दा बढी पुस्तक लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।