काठमाडौं– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। सुशासन कायम गर्न सरकारले सकैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले बताए।
‘सुशासनका क्षेत्रमा रहेका नकारात्मक चिन्तन, प्रवृत्ति र व्यवहारलाई नियन्त्रण गर्न सरकारले कठोर कदम चालेको छ,' विश्व वन दिवसका अवसरमा बिहीबार बबरमहलस्थित वन परिसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतेले भने।
उनले वनलाई समृद्धिसँग जोड्ने गरी सरकारका काम केन्द्रित गरिएको चर्चा गर्दै विदेशबाट काष्ठजन्य सामग्री आयात बन्द गरिने बताए।
मुलुकको ५४ प्रतशित भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उनले मन्त्रालयले संरक्षण, उपयोग र लाभको सन्तुलित प्याकेज अघि सारेर वन व्यवस्थापन गर्ने योजना बनाएको जानकारी दिए।
संरक्षणबाट मानिसको जीवनमा प्रत्यक्ष लाभ मिल्ने अनुभूति जनस्तरमा गराउन नसकिए दिगो संरक्षण नहुनेमा सम्बद्ध पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो।
‘मानिसमा वन समस्या होइन, बाँच्नका लाग अत्यावश्यक सर्त हो भन्ने कुरा जनतालाई बुझाउन सकिएन भने दिगो संरक्षण सम्भव छैन’, उनले भने, ‘वन बिना जीवन सम्भव छैन भन्ने कुरा व्यवहारतः बुझाएर मानिसले वनलाई सधैं माया गर्ने वातावरण सिर्जना गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।