काठमाडौं– प्रहरीले १ किलो लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका–१४ गण्डकबाट पर्साकै जगरनाथपुर गाउँपालिका–४ का ५५ वर्षीय बसी मियाँ १ किलो अफिमसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्सा, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं अन्तर्गत लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट संयुक्त रुपमा खटिएको टोलीले मियाँलाई पक्राउ गरेको हो।
उनले झोलामा लुकाएर अफिम बोकेको भेटिपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।