• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाल न चौकीदार आपूर्तिकर्ता हो न भारतको आज्ञाकारी

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  १४:०७
1140x725

यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस्- 'चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ।'

भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा समावेश 'मगाउन सक्छौँ' भन्ने कुरामा अलि ध्यान दिनुस् त।

आवाज आउँछ- हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे मगाउन सक्छौँ। नेपालबाट चौकीदारबाहेक हामी अरू के नै मगाउन सक्छौँ?

हुन त साँझ भट्टीमा रक्सीका लागि कुर्दै गरेका एउटा जँड्याहाले पनि यस्तो कुरा गर्छ, 'रक्सी त म जति पनि मगाउन सक्छु। मलाई के को कमी छ र!'

विवाद
अलका लाम्बालाई थाहा पनि भएन कि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दै उनले नेपालीहरूबारे जे भनिन् त्यसले विवाद निम्त्याउन सक्छ।

हिन्दीमा भाषिक अशुद्धतासहित उनले ट्वीट गरिन्, 'प्रिय भारतवासीहरू, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौँ। नेपालका चौकीदार चोर हुँदैनन्।'

लाम्बालाई लाग्छ कि भारतीयहरूले चौकीदारका लागि माग गर्नेछन्, ढोकैमा उभिएको नेपालले पालेले जस्तै शिर झुकाउनेछ र आगामी दिनमा भारतमा चौकीदारीका लागि नेपालीहरूको लाइन लाग्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

उनले यो बिर्सिन् कि नेपाल एउटा स्वतन्त्र मुलुक हो। भारतजस्तो नेपाल कसैको दास भएन। ऊ भारत तथा चीनको बीचमा अवस्थित एउटा स्वतन्त्र देश हो र अलका लाम्बाका लागि नेपालले चौकीदारको आपूर्ति गर्दैन।

अलका लाम्बा पढेलेखेकी हुन्। दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घकी अध्यक्ष रहिसकेकी छन्। तर उनले यो कुरा बुझ्नुपर्छ कि नेपालमा चौकीदार मात्रै हुँदैनन्।

त्यहाँ सूचना प्रविधि व्यावसायिक, अर्थशास्त्री, वैज्ञानिक, कलाकार, सुन्दरी र सङ्गीतकार लगायत पनि हुन्छन्।

त्यहाँ चौकीदार, सरसफाइ गर्ने मानिस, मजदुर, किसान र अरू मेहनती पनि हुन्छन् जस्तो कि भातरका दिल्ली, उत्तर प्रदेश, कर्नाटक वा केरलमा हुन्छन्।

अलका लाम्बाले यो कुरा पनि बुझ्नुपर्छ कि नेपालीहरू ठिक त्यसरी नै रोजगारीका लागि अन्य मुलुक जान्छन् जसरी भारतका पञ्जाब, गुजरात, राजस्थान अथवा केरल राज्यका मानिसहरू ट्याक्सी चलाउन, सरसफाइ गर्न वा कलकारखानामा काम गर्नका लागि खाडी मुलुक, क्यानाडा, अमेरिका, ब्रिटेन, इटली अथवा फ्रान्ससम्म जान्छन्।

लाम्बाको भनाइ यस्तो थियो कि मानौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसरी भनेका हुन्- सरसफाइका लागि छिटो भारतीयहरूलाई मगाऊँ, न्यूयोर्क निकै फोहोर भएको छ।

तर नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन्। उनले आफ्नो गल्ती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो आज्ञाकारी ठान्छ।

नेपालीहरूले यो कुरा राम्ररी बुझेका छन् कि नेपाललाई आफ्नो सम्पत्ति ठान्नेहरू भारतमा प्रशस्त छन्।

गत महिना काठमाडौंबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका एक भारतीय यात्रीले जब बियर मागे तब एक परिचारिकाले मुस्कुराउँदै भनिन्, 'सर, यो आन्तरिक उडान हो, यसमा हामी बियर दिँदैनौँ।'

मैले ती कर्मचारीलाई सोध्न चाहेको थिएँ कि नेपालका लागि हुने उडानहरू कहिलेदेखि आन्तरिक उडान भए? कहिलेदेखि तपाईंहरूले नेपाललाई भारतमा समेटिसक्नुभयो?

नेपाल कसैको बिर्ता होइन
नेपाल एउटा स्वतन्त्र मुलुक हो, जहाँको छुट्टै संविधान, प्रधानमन्त्री, संसद् र सेना छ।

तर एउटा स्वतन्त्र मुलुकबाट अर्को स्वतन्त्र मुलुकमा आइरहेको उडानलाई विमानकी कर्मचारीले यसरी आन्तरिक उडानका रूपमा लिइरहेकी थिइन्, जसरी आम आदमी पार्टीकी विधायक अलका लाम्बालाई लाग्छ कि 'चौकीदार त हामी नेपालबाट मगाउन सक्छौँ।'

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अध्यागमनका एक अधिकारी सायद त्यस्तै भारतीयको सामना गरिरहेका होलान् जसले ममाथि कटाक्ष गरे, 'तपाईंको मुलुक ठूलो छ र तपाईंको जुँगा पनि ठूलै छ।'

उनले सायद भन्न खोजेका होलान्, जसरी तिमीहरूको मुलुक ठूलो छ, त्यसैगरी तिमीहरूको अहंकार पनि ठूलै छ।

नेपालीहरूलाई साँच्चै लाग्छ कि भारत ठूलो छ। त्यसैकारणले भारतीयहरूको अहंकार पनि ठूलै छ।

भारतीयहरूलाई कैयौंपटक यो कुरा महसुस हुँदैन कि उनीहरूले नेपालबारे जे भनिरहेका हुन्छन् ती कुरा नेपालीले मन पराइरहेका हुँदैनन्।

तर भारतीयहरूको प्रश्न हुने गर्छ- हामी त नेपाललाई आफ्नै ठान्छौँ तर पनि के समस्या छ?

काठमाडौं पुग्नेबित्तिकै मैले पनि उत्तर भारतीय शैलीमा त्यहाँका साथीहरूलाई भनेँ, नेपाल आफ्नो घरजस्तै लाग्छ। कुरा खस्न नपाउँदै एक नेपाली साथीले भने, 'तपाईंका प्रधानमन्त्री मोदीले पनि यस्तै भन्छन्।'

अनि मैले सम्झेँ प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा नेपाली नागरिकले सडकछेउबाट हात मिलाउँदै उनको स्वागत गरेका थिए। तर तिनै नेपालीहरू अहिले मोदीको नाम आउनासाथ किन अनेकौँ प्रश्न गर्न थाल्छन्?

लाम्बाले भनेका जस्ता वाक्यबाट नेपालीहरूलाई लाग्छ कि भारतीयहरूले नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार्दैनन्, बरु नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छन्।

नेपालीहरूलाई भारतको यस्तो माया कहिल्यै मन पर्दैन, बरु उनीहरूलाई त्यसमा 'सांस्कृतिक विस्तारवाद'को गन्ध आउँछ।

तीन महिनासम्म काठमाडौं बसेर काम गर्दा र कैयौँ सहर अनि गाउँहरू डुल्ने क्रममा मैले कैयौँपटक यस्ता प्रश्नको सामना गर्नुपर्‍यो।

बसमा, पसलमा, होटलमा, सडकमा कुराकानी गरिरहेका कैयौँले पटक पटक मलाई एउटै प्रश्न गरे- मोदीले हामीलाई रगतको आँसु किन रुवाए?

नेपालका मानिसहरू खासगरी पहाडी क्षेत्रमा बस्नेहरू सन् २०१५ का ती दिनलाई बिर्सेका छैनन् जतिबेला मोदी सरकारले नेपालमा 'अघोषित आर्थिक नाकाबन्दी' गरेका थिए र मानिसहरूले पेट्रोल, डिजल, ग्यासजस्ता वस्तुका लागि तड्पिरहेका थिए।

कैयौँ नेपालीहरू आफ्ना कार र मोटरसाइकललाई घरमै छाडेर साइकल किन्न बाध्य हुनुपरेको थियो।

तर नेपालमाथि नाकाबन्दी गरिएको त्यो पहिलो पटक थिएन, त्यसअघि राजीव गान्धीले पनि गरेका थिए।

नेपालको मकवानपुर जिल्लाको चित्लाङ्गबाट विद्यार्थीहरूलाई लिएर पोखरा पुगेका एक प्राध्यापकले मलाई सोधे- नाकाबन्दी गरेर मोदीले हामीलाई जानाजान चीनतर्फ धकेलिरहेका हुन्?

र, मैले के जवाफ दिन सक्थेँ?

(बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीको बिबिसी हिन्दीमा प्रकाशित ब्लगको भावानुवाद हामीले बिबिसी नेपालीबाट साभार गरेका हौं।)

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्