टुरिन– इटालीको घरेलु फुटबलमा एकछत्र राज गरे पनि युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगमा राम्रो खेल्न सकिरहेको थिएन। त्यसैले सिजनको च्याम्पियन्स लिगका लागि भनेर युभेन्ट्सले पोर्चुगिज क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट भित्र्याएको थियो।
फलस्वरुप युभेन्ट्स जारी च्याम्पियन्सि लिगको अन्तिम १६ मा सहज पुगेको थियो। अन्तिम १६ को पहिलो लेगमा भने एट्लेटिको म्याड्रिडसँग २–० पराजित भयो। अन्तिम १६ बाटै बाहिरिने खतरामा रहेको युभेन्ट्सको संकट उनै रोनाल्डोले टारिदिए। उनले दोस्रो लेगमा ह्याट्रिक गर्दा युभेन्ट्सले अन्तिम आठको यात्रा तय गर्न सफल भयो।
खेलमा उनले युरोपियन च्याम्पियन्स लिगमा १ सय २४ गोल पूरा गरे। च्याम्पियन्स लिगमा बढी गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका लिओनल मेसी भन्दा रोनाल्डोले १८ गोल बढी गरिसकेका छन्। खेलमा रोनाल्डोले च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक गरे। योसँगै उनले सर्वाधिक ह्याट्रिक गर्ने मेसीको रेकर्ड बराबरी गरे।
उनी गत सिजन ९९.२ मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्समा आवद्ध भएका थिए।
सनसनीपूर्ण ह्याट्रिक रोनाल्डोले भनेका छन्,' त्यसैले मलाई युभेन्ट्सले किनेको हो। उनीहरुले चाहेर पनि हासिल गर्न नसकेका कुरा प्राप्त गर्न मलाई भित्र्याएका हुन्।'
रोनाल्डोले च्याम्पियन्स लिगमा जितको मनस्थिति हुनुपर्ने बताए। 'च्याम्पियन्स लिगको खेल जित्न यस्तै मेन्टालिटी चाहिन्छ। हामीले एउटा जादूमयी रातको मजा लियौं। एट्लेटिको बलियो टिम हो तर हामी पनि कमजोर होइन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।