म्याचेस्टर– युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले गोलको वर्षा गरेको छ। सिटीले जर्मन क्लब साल्केलाई ७–० ले हराएको छ।
दोस्रो लेगमा सानदार जितसँगै सिटी समग्रमा १०–२ को नतिजासहित क्वार्टरफाइनलमा पुग्यो। यसअघि पहिलो लेगमा सिटीले ३–२ को जित निकालेको थियो।
मंगलबार सिटीको जितमा सर्जियो अग्युरोले ३५ मिनेटमा पेनाल्टी र ३८ मिनेटमा गरी २ गोल गरे। लिरोए सानेले ४२ मिनेटमा अर्को तेस्रो गोल गरे। रहिम स्टर्लिङले ५६, बेर्नान्डो सिल्भाले ७१, फोडेनले ७८ र गाब्रियल जेससले ८४ मिनेटमा गोल गरेका थिए।
सिटीले हात पारेको यो जित च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो ठूलो जित हो। यसअघि सन् २००९ मा जर्मन क्लब वायर्न म्युनिखले स्पोर्टिङ सिपीमाथि १२–१ को जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।