काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिप मंगलबारबाट विराटनगरमा सुरु भएको छ। उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलले पराजित गरेको छ।
पहिलो पटक मोफसलमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापनप्रति भने भुटानले असन्तुष्टि जनाएको छ। नेपालसँग पराजित भएपछि खेलभन्दा पनि होटल व्यवस्थापनप्रति भुटानका प्रशिक्षक सङ्ग जिया लीले तिव्र असन्तुष्टि जनाए। उनले सोमबार २ वटा होटल परिवर्तन गरेको भन्दै व्यवस्थापनको आलोचना गरेको हुन्।
खेलपछि उनको प्रतिक्रिया
होटल राम्रो थिएन। त्यसैले ९ बजे हामी त्यो होटल छाड्यौ। फेरि २ बजे हामीले अर्को होटल परिवर्तन गर्यौं। ४ बजे मात्र प्रशिक्षणमा गयौं।
हामीले हिजो प्रशिक्षण भन्दा पनि सडकमा घुम्यौ मात्र। 'ठूलो खेलअघि के भइरहेको छ?' भन्ने अचम्म लाग्यो। ९ बजेदेखि हामी ३ बजेसम्म होटल खोज्न हिडिरहेका थियौं। त्यसैले हामीले राम्रो प्रशिक्षण गर्न पएनौं। मैले कसलाई पनि गुनासो गरिन। किनकी मेरो लागि खेल महत्वपूर्ण थियो। गुनासो गरेर खेलाडीको प्रदर्शनलाई असर गर्न चाहादैन थिए।
खेलको अघिल्लो दिन सडकमा हिडिरहनु पर्ने अवस्था मेरो प्रशिक्षण करिअरमा कहिल्यै अनुभव गरेको थिइन। दिनभर हिडिरहदा हाम्रा खेलाडीले आराम गर्न पाएनन्। बेलुकाको खानाको लागि अर्कै होटलमा जानु पर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।