काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु भएको छ। विराटनगरको सहिद रंगशालामा उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।
पहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता दिलाएको छ। नेपालका लागि मन्जली कुमारी योन्जन र सावित्रा भण्डारीले गोल गरेका छन्। मन्जलीले खेलको १३ र सावित्राले १६ मिनेटमा गरे। यद्यपी नेपालले पहिलो हाफमा पाएका आधा दर्जन अवसरलाई भने सदुपयोग भने गर्न सकेन।
नेपालले अहिलेसम्म भुटानसँग खेलेका सबै खेलमा जित हात पारेको छ भने कुनै पनि गोल खाएको छैन। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।