काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु भएको छ। विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपालले सुरुवातमै २ गोलको अग्रता लिएको छ। नेपालका लागि मन्जली कुमारी योन्जन १३ र सावित्रा भण्डारीले १६ मिनेटमा गरेका छन्।
नेपाल पहिलो खेलमा सानदार जित निकाल्न चाहान्छ। नेपालका प्रशिक्षक हरि खड्का र निरु थापाले प्रतिस्पर्धामा नेपालले उपाधि बताउँदै नेपालमा प्रतियोगिता भएकाले टोलीको मनोबल उच्च रहेको धारणा व्यक्त गरेका छन्। नेपालले अहिलेसम्म भुटानसँग खेलेका सबै खेलमा जित हात पारेको छ भने कुनै पनि गोल खाएको छैन।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।