हेटौंडा- मकवानपुरमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।
भक्तपुरबाट जन्ती लिएर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। बस कान्ति लोकमार्ग अन्तर्गत गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो। घटनास्थलमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ। बसमा २८ जना सवार थिए।
मृतकको पहिचान खुलिनसकेको बताइएको छ।
दुर्घटनाको सूचना पाए लगत्तै मकवानपुर प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।