पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'वाइड बडी'को सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने जिकिर गरे।
सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए।
फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुश लगाउन खोजेको सभापति देउवाको आरोप थियो। उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे।
वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो। प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि कांग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।