गौशाला- महोत्तरी जिल्लामा साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा पहिलो पटक प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेका ३ खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रक्राउ गरिएकाे हाे। उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो।
पशुलाई क्षति पुर्याएको आरोपमा कुनै मानिसमाथि अङ्गभङ्ग मुद्दा चलाइएको महाेत्तरीमै पहिलाे घटना भएकाे खड्काले बताए। इन्दल महरा चमारले आफ्नो घरमा पालेका गाईवस्तुका लागि काटेर राखेको घाँस घरमा पसेर साँढेले खाइदिएपछि रीसको झोकमा धारिलो हतियार लिएर साँढेको तीन खुट्टा काटिदिएका थिए।
चमारले काटेर घाइते बनाएको साँढेको अवस्था नाजुक रहेको छ भने स्थानीय प्रशासनले सो साँढेको उपचार पशु स्वास्थ्य सेवा कार्यालय जलेश्वरमा गराएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।