सल्यान- सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।