काठमाडौं- चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको शव २६ घन्टापछि निकालिएको छ।
आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति शव निकालिएको हो।
आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर उनी पुरिएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले माझीको शव ३० फिट तलबाट निकालिएको जानकारी दिए।
माटो निकै कमजोर भएको कारण उक्त घटना भए पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव निकालेको हो। शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।