काठमाडौं– फिल्म 'जानी नजानी' शीर्ष गीत सार्वजनिक भएको छ।
गीतमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ र निरिसा बस्नेतको प्रेमभाव प्रस्तुत गरिएको छ।
गीतमा मोदनाथ खनालको शब्द, अर्जुन पोखरेलको संगीत तथा अन्जु पन्त र प्रताप दासको स्वर रहेको छ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रमोसनल गीत सार्वजनिक गरिएको निर्माण युनिटले जानकारी गराएको छ। फिल्म आउँदो शुक्रबार प्रदर्शनमा आउनेछ।
सामाजिक कथावस्तुसँगै नेपाली उत्पादन ‘ढाका’ व्यवसाय र त्यसको प्रवर्द्धनको विषय फिल्ममा समेटिएको छ। वसन्त अधिकारीले फिल्मको निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।