• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकार-सिके सम्झौता : सामाजिक सञ्जालमा नेकपा नेताबीच नै घोचपेच

64x64
किशोर दहाल सोमबार, फागुन २७, २०७५  १२:१६
1140x725

काठमाडौं– सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीचको सम्झौतालाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको 'दोहोरी' सामाजिक सञ्जाल ट्विटरमा पनि चर्किएको छ।

गत शुक्रबार भएको ११ बुँदे सहमतिप्रति सुरुवातमै असन्तुष्ट जाहेर गर्ने नेता थिए, भीम रावल। शुक्रबार सम्झौता भएको केही घन्टामै उनले ट्विटरमा लेखे, 'सरकार र सिके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिनँ वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं।'

रहस्य त पत्ता लागेको छैन। तर, सम्झौताका कतिपय विषयलाई लिएर विभिन्न कोणबाट आशंका व्यक्त गरिएका छन्। सम्झौताका सरकारी पक्षधरले जतिसुकै प्रस्टीकरण दिए पनि बहस मत्थर भएको छैन।

नेकपामा ठूलो संख्याका नेताहरुले सार्वजनिक रुपमा बोलेका छैनन्। केही सीमित नेताहरुले मात्रै आफ्नो तर्क गरिरहेका छन्। 

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनै रावलले सम्झौताको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले सम्झौता नै सच्याउन माग गरे। रावलले शनिबार नै राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताएका थिए।

ट्विटरदेखि संसद्सम्म रावलको धारणा आएपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटरबाटै प्रतिक्रिया दिए। उनले रावलको नाम त लिएका छैनन् तर उनीप्रति नै संकेत गरेको बुझ्न सकिन्छ। रिमालले लेखेका छन्, 'नेताहरू-- झुक्किए, फसे वा फसाइए या तिनीहरूले गल्ती नै गरे पनि कोइबात छैन- हामी धन्य छौं मुलुक जोगाउने 'एक-से-एक उहाँ'हरू हुनुहुन्छ। आङ सिरिंग हुन्छ र, साह्रै आश्चर्य लागिरहेको छ, 'उहाँहरू'को जन्मअघि यो मुलुक कसरी जोगिएछ?!'

बहसमै छन्, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि। उनले कसैलाई मेन्सन नगरीकन आइतबार राति दुई ट्विट गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलमखुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ? यो हद भयो, असह्य भयो। विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नुपर्छ। गम्भीर बनौं', आइतबार राति पौने ११ बजे गरिएको ट्विटमा भनिएको छ।

उनले राति सवा १२ मा अर्को ट्विट गरेका छन्। जसमा भनिएको छ, 'हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता-शक्ति, पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाको निम्ति? यतिबेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्ध नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने? गम्भीर आत्मसमीक्षा गरौं। राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं।'

बहसमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि मिसिएका छन्। फेसबुकमा उनले 'रोइलो नगर्न' अनुरोध गरेका छन्। आइतबार साँझ सवा ६ बजे पोस्ट भएको फेसबुक स्टाटसमा उनले भनेका छन्, 'नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताका विषयमा विमति राख्न नपाउनेगरी सिकेसँग सम्झौता भएको हो। रोइलो नगरौं।'

सामाजिक सञ्जालमा यसअघि पनि भएको थियो विवाद
संसदको अघिल्लो अधिवेशन अन्त्य हुनुअघि संसदमा बोल्दै पूर्वप्रधानमन्त्री तथा एमाले सचिवालय सदस्य माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका थिए। उनले देश डुब्नै लागेको भन्दै ‘माझी’ खोजेका थिए। साथै, पार्टीको स्थायी समिति भेला डाकी सरकारकै आलोचना गरेका थिए।

पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' पनि त्यतिबेला सरकारको समीक्षा हुनुपर्ने बताउने गर्थे। बेलाबेलामा आफू निकट नेता र पत्रकारहरु डाकी सरकारको आलोचना पनि गरिरहेका थिए। त्यतिबेला उनको भारत र चीन भ्रमण पनि भर्खरै सकिएको थियो। धेरैले यसलाई प्रधानमन्त्री बन्नका लागि पहल गरिरहेको रुपमा अर्थ्याए।

यस्तै परिस्थितिलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रतिवाद गरेका थिए। प्रधानमन्त्रीसँग अमेरिका भ्रमणमा रहेका उनले त्यहीँबाट दुई नेताप्रति सांकेतिक प्रतिवाद गरे। आफ्नो फोटोसमेत राखेर रिमालले लेखेका थिए, ‘मानिसको पतन त्यस समयमा सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ।’

रिमालको ट्विटमा कसैलाई प्रत्यक्ष ‘मेन्सन’ गरिएको थिएन। कुनै सन्दर्भ पनि खुलाइएको थिएन। तर, उनको तीर माधव नेपाल वा प्रचण्डतिरै सोझिएको धेरैले बुझे। 

रिमालको ट्विटलाई एमाले नेता योगेश भट्टराईले रुचाएनन्। उनले ट्विटरबाटै प्रतिवाद गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोषी चस्मा।’

भट्टराईको ट्विटमा पनि कुनै नाम र सन्दर्भ थिएन। कसैलाई ‘मेन्सन’ पनि गरिएको पनि थिएन। तर, केही कारणले त्यो ट्विट रिमालप्रति नै लक्षित हो भन्ने बुझ्न सकिन्छ। पहिलो कारण–‘पतन’ शब्द। दोस्रो, सत्ता र शक्तिको चुचुरो। 

दुई नेताको दोहोरीमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मुछिन आइपुगेका थिए। भट्टराईले ट्विट लेखेको केही क्षणपछि नै श्रेष्ठले लेखेका थिए, ‘वर्तमान सरकारप्रतिको आलोचना/टिप्पणी सरकारलाई थप प्रभावकारी एवं सफल बनाउने उद्देश्यले हुनुपर्छ। यतिबेला यो सरकारको विकल्पको सोच देश, जनता, पार्टी र आन्दोलनको पक्षमा हुँदैन। अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ। कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन।’

ट्विटरमै त्यसअघि पनि रिमाल र भट्टराईबीच दोहोरी चलेको थियो।

अघिल्लो वर्ष पुसमा तत्कालीन नेकपा (एमाले) ले जितको खुसीयाली मनाइरहेको थियो। मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा अपेक्षाकृत नतिजा पाएका कारण ओली सरकारको नेतृत्व गर्न हतारिएका थिए।

तर, पुस १६ मा राजधानीमै एमाले सञ्चार इलाका कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा तत्कालीन एमाले सचिव भट्टराईले भनिदिए, ‘एकता भएकै दिन ओली र प्रचण्डजीले सक्रिय राजनीतिबाट बिदा लिए हुन्छ। त्यसो भएमा उहाँहरु विश्वमा नेल्सन मन्डेलाजस्तै सम्माननीय हुनुहुनेछ।’

भट्टराईले एमालेका अन्य शीर्ष नेतालाई पनि बिदा लिएर युवा नेतालाई पालो दिन आग्रह गरेका थिए।

भट्टराईले कार्यक्रममा बोलेनन् मात्रै, सामाजिक सञ्जाल, ट्विटरबाट त्यस सम्बन्धमा आएका समाचारहरु समेत सेयर गरेका थिए। ओली कतिबेला प्रधानमन्त्री बन्लान् भनेर प्रतीक्षा गरिरहेको एमालेको ओली गुटले भट्टराईको आग्रहलाई सहज रुपमा लिएन।

भट्टराईप्रति सबैभन्दा कठोर देखिए रिमाल। उनले ट्विटरमा लेखे, ‘उ:बेला ओलाङचुङगोलादेखि जोगबुढासम्म तिनै बुढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीहरुमा थिएन। अहिले यसो सुन्छु र दंग पर्छु, तिनै ओलीको ‘बक–अप’बाट ट्रफी पाउने साथीहरुको ‘माकाफुँइ’ले के विधि सगरमाथा चढेको हो?’

रिमालले ‘माकाफुँइ’ शब्दै प्रयोग गरेर ट्विट गरेपछि विषय झनै छरपस्ट भएको थियो। पार्टीका नेताहरु मात्रै होइन, सामान्य ट्विटर प्रयोगकर्ताहरु पनि बहसमा तानिए।

ओली निकट र शक्तिशाली रिमालसँगै विवाद बढ्नु आगामी सत्तायात्रालाई सुखद संकेत नहुने बुझेरै हुनुपर्छ, भट्टराई आक्रामक भएनन्। बरु नरम देखिए। उनले रिमाललाई मेन्सन गरेरै लेखे, ‘करिब ३५ वर्ष भयो विष्णु रिमालसँग चिनजान र संगत भएको, उहाँ एक शालीन र मिलनसार लाग्छ मलाई। तर मेरा बारेमा उहाँले प्रयोग गरेका शब्द र टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाह्रो भयो। उहाँले मप्रति जती नकारात्मक टिप्पणी गरेपनि मेरो उहाँप्रति सधैं सद्भाव रहिरहनेछ।’

यो विवाद उनीहरुबाट अन्त्य भए पनि अन्य नेता तथा कार्यकर्ता र ट्विटर प्रयोगकर्ताले जारी राखे। बहसमा माधव नेपाल समूह र केपी ओली समूह स्पष्ट रुपमै दुई कित्तामा बाँडिए।

विद्यार्थी राजनीतिबाट आएकी रामकुमारी झाँक्रीले लेखिन्, ‘अलि बोल्ड भएर सोच्ने हो भने योगेश कामरेडको कुरामा रोइकराइ गर्नुपर्ने केही छैन। तिमी कस्तो कृतिमानी बन्छौं त्यो तिम्रो कुरा, बस मलाई यस्तो लाग्छ भन्नै नहुने पनि होइन नि।’

अन्ततः ओलीले सरकारको नेतृत्व गरे। तर पटक–पटकको सरकार विस्तारमा पनि भट्टराई परेनन्। उनी मन्त्री बन्ने बलियो सम्भावना किन पनि थियो भने चुनाव प्रचारको क्रममा भट्टराईको क्षेत्रमै पुगेर ओलीले भाषण गरेका थिए, ‘जिताएर पठाउनुस्, मन्त्रीको बिल्ला भिराएर पठाउँछु।’

कात्तिक १९ गतेको चुनावी सभामा ओलीले भट्टराईको निकै प्रशंसासमेत गरेका थिए। भनेका थिए, ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेज तर्रार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मस्तिष्क र युवा काँधले, युवा हातहरुले ताप्लेजुङ बनाउँदैन होला? तपाईंहरु ढुक्क हुनुस्, माथि म छु, यहाँ योगेश छ। ढुक्क हुनुहोस्।’

तर, ढुक्क हुने अवस्था देखिएन। भट्टराई मन्त्री बनाइएनन्। अन्य कारण जेसुकै भए पनि भट्टराईको त्यही ‘मन्डेला बन्नुस्’ भन्ने अभिव्यक्ति र रिमालसँगको विवाद नै उनी मन्त्री बन्न नसक्नुका मुख्य कारण भएको अनुमानहरु गरिए।

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्