राजविराज– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी किनारमा एक युवतीको बेबारिसे शव फेला परेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेजदेखि करीब ८ सय मिटर दक्षिणतर्फ शव फेला परेको हो।
कम्मरभन्दा मुनिको भाग पानी भित्रै रहेको पहाडे मुलको जस्तो देखिने शव कोशीले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतकको घाँटीमा सुनको सिक्रीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।