राजविराज– सप्तरीमा साइकलबाट लडेर आइतबार राति एक युवकको मृत्यु भएको छ।
अग्निसाइर कृष्णसवरण गाँउपालिका-५ का २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको हो। मादक पदार्थ सेवन गरी साइकल चलाइरहेका अर्याल घर नजिकैको पुलबाट खसेका थिए। शरीरको भित्री भागमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्याललाई उपचारका लागि कञ्चनरुपको ठेलियास्थित धर्मेश्वर अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हुँदै विराटनगरकाे नोबेल अस्पताल पुर्याइएको थियो।
उपचारका क्रममा राती साढे १ बजे अर्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।