काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गरेकी छन्। महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेकी हुन्।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठक राष्ट्रपति भण्डारी सहभागी हुनेछिन्।
लैंगिक समानता तथा महिला सशक्तीकरणका लागि केन्द्रित ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्ने बताइएको छ।
यस्तै, साइडलाइन वार्तामा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलगायत अन्य देशका सहभागीसँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।