जनकपुर– पटक पटक विवादमा आइरहने धनुषाको जानकी मेडिकल कलेजका पूर्वचिकित्सकले पारिश्रमिकको माग गर्दै कलेजको काउन्टरमा पुन: तालाबन्दी गरेका छन्।
उनीहरूहरूले जनकपुरस्थित ब्रह्मपुरी चोकमा रहेको शाखा अस्पतालको रुपमा सञ्चालित अस्पतालको काउण्टरमा आइतबार २ घण्टा तालाबन्दी गरेका थिए।
काम छाेडेकाे एक वर्ष बित्न लाग्दा पनि बाँकी तलब निदएकाले बाध्य भएर अस्पतालको काउण्टरमा तालाबन्दी गरेको डा. कर्मेन्द्र यादवले बताए।
अस्पताल छाडिसकेका डा. शम्भु साह, डा गौतम झा, डा अस्विनी झा, डा अशोक अधिकारी र डा सरोज यादव लगायत झण्डै ५० भन्दा बढी कर्मचारीको लाखौं रुपैयाँ अस्पतालले दिन बाँकी रहेको चिकित्सकहरूको गुनासो छ।
डा यादवले आफूलाई मात्र ९ लाख ५० हजार रुपैयाँ अस्पतालले दिन बाँकी रहेको बताए।
अस्पताल व्यवस्थापन पक्षसँग पटक पटक बाँकी तलब दिन आग्रह गर्दा पनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।